राजनीति

१,७५७ संक्रमणमुक्त हुँदा २,६७६ जनामा कोरोना पुष्टि


काठमाडौँ – पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार ७६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप १ हजार ७५७ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट निको हुनेको कुल संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ भने मृतकको संख्या ९ हजार ४६३ पुगेको छ । हाल निको हुने दर ९४.६ प्रतिशत रहेको छ ।