देश

पुरानै नियम कायम राख्दै १० दिन थपियो निषेधाज्ञा


काठमाडौँ – काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले फेरि १० दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञा १० दिनका लागि थप गरिए पनि मोडालिटीमा भने कुनै परिवर्तन नगरिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्राईले बताएका छन् । पुरानै नियम कायम राख्दै निषेधाज्ञा थप गरिएको उनले जानकारी दिए । तर, उपत्यका बाहिरबाट आउने सवारी साधनहरुको हकमा भने सिडियोको अनुमति लिएर आउनु पर्ने छ ।