काठमाडौँ – अन्य देशमा जस्तै नेपालमा पनि आत्महत्या जनस्वास्थ्यको प्रमुख चुनौती र समस्या मानिन्छ । विश्वमै आत्महत्या गम्भीर चुनौती बनिरहेको छ । सामान्यतया चरम निराशा र तनावलाई आत्महत्याको प्रमुख कारण मानिन्छ । तर, एउटै कारणले मात्र आत्महत्या नहुने विज्ञ बताउँछन् ।
८० प्रतिशत आत्महत्या मानसिक स्वास्थ्य समस्याका कारणले हुन्छन् । त्यसबाहेक व्यक्तिका मनोवैज्ञानिक, वंशाणुगत र सामाजिक अवस्थालाई पनि आत्महत्याको कारण मानिएको छ ।
नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको तथ्यांक हेर्दा नेपालमा आत्महत्या गर्नेहरूको सख्या वर्षेनि बढ्दै गएको देखाउँछ । अनुसन्धानकर्ताहरूका अनुसार आत्महत्याको बढी जोखिममा युवा र किशोरकिशोरी हुन्छन् ।
मनोचिकित्सक डा. वासुदेव कार्कीका अनुसार मनोवैज्ञानिक, वंशाणुगत र सामाजिकलगायत समष्टिगत कारणले नै स्वस्थ वा रोगी बनाउने बताउँछन् । मानिस मानसिक रूपमा रोगी भयो र समयमा रोगको पहिचान हुन सकेन भने आत्महत्याको अवस्था बन्ने उनी बताउँछन् ।
कोभिड–१९ महामारीको अवस्थामा कुन व्यक्ति आत्महत्याको जोखिममा छन् भन्ने निर्धारण उनीहरुको दैनिकी, वंशाणुगत अवस्था र व्यक्तिले आफ्नो असहज अवस्थालाई कसरी व्यवस्थापन गर्छन् भन्ने विषयले गर्छ । महामारीले ल्याउने सामाजिक–आर्थिक कठिनाइ र बेरोजगारीको समस्याका कारण मानिसमा तनाव बढ्छ र तनाव व्यवस्थापन गर्न नसक्दा आत्महत्याका घटना हुने गरेका छन् ।
एउटा व्यक्तिले के कारणले आत्महत्या गर्छ वा कुन कुराले त्यसका लागि प्रेरित गर्छ भन्ने पहिचान गरेर मानसिक स्वास्थ्यबाट सम्बोधन गर्न सकियो भने आत्महत्याका घटना रोकथाम गर्न सकिने मनोचिकित्सक डा. बासुदेव कार्की बताउँछन् ।
एउटा व्यक्ति आत्महत्या गर्ने स्थितिमा पुग्नुको कारण र बचाउने उपायबारे योहो टेलिभिजनको कार्यक्रम योहो हेल्थमा मानसिक रोग अस्पताल पाटनका मनोचिकित्सक डा. वासुदेव कार्कीसँग गरिएको कुराकानी :
प्रतिक्रिया