काठमाडौँ – प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । देउवाले सिंहदरबारमा दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो । सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेसँगै प्रधानमन्त्री बनेका देउवाले संसद अधिवेशन आह्वानका लागि सिफारिस गर्न बैठक बोलाउनुभएको हो ।
मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधिसभाको अधिवेशन आह्वानका लागि सिफारिस गर्नेछ । सोही सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभाको बैठक बोलाउनु हुनेछ ।
प्रतिक्रिया