राजनीति

देउवाले अर्थको सट्टा गृह रोज्नु चुनाव लक्षित रणनीति


काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् एमाले नेता शंकर पोखरेलले नवनियुक्त प्रधानमन्त्री शेरवहादुर देउवाले अर्थ मन्त्रालयको सट्टा गृह मन्त्रालय रोज्नु चुनाव लक्षित रणनीति भएको संकेत गरेका छन् ।

मंगलबार विहान सामाजिक संजालमा प्रतिक्रिया लेख्दै पोखरेलले ‘नवनियुक्त प्रधानमन्त्रीले अर्थमन्त्रीको तुलनामा गृहमन्त्रीमा जोडदिनुको अन्तर्य अव चुनाव प्राथमिकता बन्यो भन्ने सन्देश दिनु हो’ भनेका छन् ।

त्यस्तै उनले सर्वोच्च अदालतको फैसलामा बजेट सम्वन्धी रायले समयमै बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थामा असर पुग्नुका साथै विकास र सुशासनलाई प्रभावित गर्नसक्नेतर्फ पनि संकेत गरेका छन् ।
सोमबार मात्र गृहमन्त्रीमा कांग्रेस नेता बालकृष्ण खाँडले शपथ लिएका थिए भने अर्थमन्त्री माओवादी केन्द्रका नेता जनार्दन शर्माले जिम्मेवारी सम्हालेका थिए ।