काठमाडौँ – दक्षिण अफ्रिकामा जारी हिंसात्मक प्रदर्शनमा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ । पूर्वराष्ट्रपति जेकोब जुमा जेल परेपछि करिब एक सातादेखि भइरहेका हिंसात्मक प्रदर्शनहरूमा अहिलेसम्म ७२ जनाको ज्यान गएको बिबिसीले जनाएको छ ।
सरकारले लुटपाट र हिंसात्मक प्रदर्शनलाई रोक्न सेना परिचालन गरेपनि हिंसात्मक प्रदर्शन र लुटपाट जारी रहेको छ । राष्ट्रपति सिरिल रामाफोसाले आम नागरिकलाई ‘हिंसाविरुद्ध उभिन’ आह्वान गरेका छन् । उनले हिंसाबाट टाढा रहन र देशलाई अस्थिर बनाउन चाहनेविरुद्ध दृढ रूपमा उभिन सर्वसाधारणहरूलाई आग्रह गरेका हुन् ।
राष्ट्रपतिले दक्षिण अफ्रिकामा यो सन १९९० पछिको डरलाग्दो हिंसा भएको टिप्पणी गरेका छन् । जुमाले प्रहरी समक्ष गत हप्ता आत्मसमर्पण गरे पनि उनको समर्थनमा भएका प्रदर्शनहरूमा अहिलेसम्म प्रहरीले १२ सय ३४ जनाभन्दा बढी पक्राउ गरेको जनाएको छ ।
प्रतिक्रिया