काठमाडौँ – राष्ट्रिय जल तथा मौसम पूर्वानुमान माशाखाले काठमाडौँ उपत्यकालगायत अन्य केही जिल्लाहरुमा मौसम सामान्य परिवर्तन भइ देशका केही पहाडी जिललामा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।
बुधबार देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै महाशाखाले दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ । साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
त्यसैगरी राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २,बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान माशाखाले जनाएको छ।


प्रतिक्रिया