देश

ओलीको दाबी : सरकार विकास र परिवर्तनको प्रतिक भयो, जनताका लागि मनदेखि सकेको गरेँ (भिडियोसहित)


काठमाडौँ – निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका छन् । मंगलबार सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले आफ्नो सरकार ऐतिहासिक रुपमा सफल भएको दावी गरेका हुन् ।

यसका लागि ओलीले सबै नेपालीहरु, कर्मचारी सुरक्षाकर्मी, राष्ट्रसेवक, कोभिडविरुद्ध अग्रमोर्चामा खटिएकाहरु सबैलाई धन्यवाद दिएका छन् । त्यस्तै नेपालको विकास साझेदार मित्रराष्ट्रका सरकार प्रमुख र राष्ट्रप्रमुखलाई पनि ओलीले धन्यवाद दिएका छन् ।