काडमाडौँ – लामो समयदेखि द्वन्द्वग्रस्त मुलुक अफगानिस्ताका आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय निकायले निरन्तर हिंसात्मक घटना भइरहेकाले देशको कूल जनसंख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक गरेको हो ।
मानवीय सहायता आवश्यक पर्नेमा पाँच वर्षमुनिका बालबालिका अग्रसूचीमा रहेका छन् । अफगानिस्तानका धेरै बालबालिकालाई कुपोषणको समस्या रहेको राष्ट्रसंघीय निकायले जनाएको छ । कोरोना भाइरसलगायतका रोग तथा विभिन्न प्रकोपका कारण पनि मानवीय सहायता आवश्यक रहेको औल्याइएको छ ।
अफगानिस्तानका लागि राष्ट्रसंघका महासचिवका उपविषेश प्रतिनिधि रामिज अल्काब्रोभले आक्रमण र मृत्युका घटनाहरू भइरहेकाले मानवीय सहायता आवश्यक पर्नेहरूको संख्या बढ्दै गएको बताए । उनले मानवीय सहायता आवश्यक परेका मानिसलाई सहयोगका लागि सबैलाई आह्वानसमेत गरे ।
प्रतिक्रिया