विदेश

विश्वमा हालसम्म कोरोनाबाट ४० लाख ५५ हजार भन्दा बढीको मृत्यु


काठमाडौँ – विश्वमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४० लाख ५५ हजार भन्दा बढीको मृत्यु भएको छ ।

सन् २०१९ डिसेम्बर अन्तिम सातादेखि हालसम्म ४० लाख ५५ हजार ३२१ जना मृत्यु भएको हो। वल्डोमिटर्सको तथ्याङ्क अनुसार कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु अमेरिका, ब्राजिल, भारत,रुस र बेलायतमा भएको छ।अमेरिकामा ६ लाख २३ हजार १२, ब्राजिलमा ५ लाख ३४ हजार ३११ र भारतमा ४ लाख ९ हजार ३३८ जनाको मृत्यु भएको छ।

यस्तै, हालसम्म विश्वमा कुल कोरोना संक्रमितको संख्या १८ करोड ८० लाख ४८ हजार ९४४ पुगेको छ भने १७ करोड १९ लाख ८५ हजार ७३६ जना संक्रमणमुक्त भएका छन । त्यसैगरी,सक्रिय संक्रमितको संख्या १ करोड २० लाख भन्दा बढी रहेको छ ।