राजनीति

जनकपुरधाममा संसद् पुनःस्थापनाको खुसियालीमा मैनबत्ती प्रज्वलन


काठमाडौँ – संसद् पुनःस्थापनाको खुसियालीमा जनकपुरधाममा मैनबत्ती प्रज्वलन गरिएको छ। सर्वोच्च अदालतले दोस्रो पटक संसद् पुनःस्थापना गरेसँगै त्यसको खुसियालीमा विपक्षी गठबन्धनले जनकपुरधाममा विजय जुलुस निकाल्दै मैनबत्ती प्रज्वलन गरेका हुन्।

सर्वोच्च अदालतले सोमबार संसद् पुनःस्थापना तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गरेपछि संयुक्त विद्यार्थी संगठनको अगुवाइमा जनकपुरधामको रेल्वे स्टेसनबाट निस्केको जुलुसले नगरभरि प्रदर्शनसमेत गरेको थियो।

जुलुस प्रदर्शनका क्रममा अखिल क्रान्तिकारी धनुषा, अनेरास्ववियु धनुषा, नेविसंघ र समाजवादी विद्यार्थी युनियनलगायत संंगठनका नेता तथा कार्यकर्ता सहभागी थिए।