देश

बालुवाटारबाट बाहिरिए वामदेम र भीम रावल


काठमाडौँ – नेकपा एमाले उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठकबाट बाहिरिएका छन् ।

बालुवाटारमा जारीबैठकमा आइतबार राति भएको सहमति अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएर उपाध्यक्ष रावल बाहिरिएका हुन् ।

‘हिजो भएको सहमति बुझाउन स्थायी कमिटीको बैठकमा आएको थिएँ । अध्यक्षलाई बुझाएर बाहिरिएको छु,’ रावलले सञ्चारकर्मीहरुलाई भने, ‘अन्य विषयमा भने पछि बताउने छु ।’

गौतम भने आफ्नो मोटरमा बसेर कुनै प्रतिक्रिया नदिई बाहिरिएका छन् । प्रधानमन्त्री ओलीले बोलाएको स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ। सो बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका कोही पनि सहभागी भएका छैनन् ।