राजनीति

स्थायी कमिटी बैठकमा भाग लिन भीम रावल बालुवाटारमा


काठमाडौँ – नेकपा एमाले स्थायी कमिटीको पूर्वनिर्धारित बैठकमा भाग लिन माधव नेपाल पक्षधर वार्ता टोली संयोजक डा. भीम रावल बालुवाटार पुगेका छन् । अन्य नेताहरू पनि बालुवाटार जाने क्रम जारी छ ।

बैठकअघि सबैलाई समेट्नबारे नेताहरूबीच अनौपचारिक छलफल चलिरहेको बालुवाटार स्रोतले जनाएको छ । बैठक स्थगित गर्ने कि सहमतिलाई अनुमोदन गरेर पार्टी एकताको सन्देश दिने भन्नेबारे छलफल भइरहेको छ ।

यता सर्वोच्च अदालतको फैसलापछि विकसित घटनाक्रमलाई लिएर पार्टीमा विकसित सहमति भाँडिन नदिन आज निर्धारित स्थायी कमिटी बैठक स्थगित गर्न माधव नेपाल निकट केही नेताहरूले आग्रह गरेका छन् ।

वार्ता कार्यदलले हस्ताक्षर गरेर तयार पारेको सहमतिको मस्यौदा पारित गर्न आज साँझ बोलाइएको बैठक थप छलफलपछि राख्न आग्रह गरिएको वार्ता टोली एक सदस्य बताउनुभयो ।