समाचार

अमेरिकाबाट १५ लाख डोज खोप नेपाल आउदै


काठमाडौँ – कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप काठमाडौँ आइपुग्दै छ ।
कोभिड– १९ विरुद्धको जोनसन एन्ड जोनसन भ्याक्सिन कतार एयरवेजको नियमित उडानबाट ११ बजे त्रिभुवन विमानस्थलमा आइपुग्ने भएको छ । अमेरिकाले नेपाललाई १५ लाख डोज खोप निःशुल्क प्रदान गरेको हो । अमेरिकाबाट प्राप्त खोप कुन उमेर समूहका नागरिकलाई लगाउने भन्ने निर्णय सरकारले गरिसकेको छैन । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले छुटेका र जोखिमयुक्त समूहका नागरिकलाई प्राथमिकतामा राखेर खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो ।