काठमाडौँ – इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटलीले युरोकप २०२० को उपाधि जितेको छ । आज बिहान भएको फाइनल खेलमा इटलीले घरेलु टोली इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै ५३ वर्षपछि उपाधि उचालेको हो ।
पेनाल्टीमा इटलीका गोलकिपर जियानलुजी नायक बन्दै दुई प्रहार बचाए । इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले पनि दुई पेनाल्टी बचाएका थिए । लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलको निर्धारित र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउट भएको थियो ।
खेलको दोस्रो मिनेटमै इंगल्याण्डले अग्रता लिएको थियो । पहिलो हाफसम्म इंग्ल्याण्डले अग्रता कायमै राखेको थियो । तर, दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा इंग्ल्याण्डले उपाधि गुमाएको छ ।
प्रतिक्रिया