राजनीति

कार्यदलका सदस्य भुसाल वार्तास्थलबाट बाहिरिएर नेता नेपाललाई भेट्न पुगे


काठमाडौँ – नेकपा एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलका सदस्य घनश्याम भुसाल अचानक वार्तास्थलबाट बाहिरिनुभएको छ ।

सात घण्टा लामो बैठकको बीचबाटै बाहिरएका भुसाल सिंहदरबारबाट सोझै वरिष्ठ नेता नेपाललाई भेट्न बानेश्वरस्थित जनता डबली पुग्नुभएको छ । आइतबार बिहान ९ बजेदेखि सुरु भएको एमालेका दुई पक्षबीचको वार्ता अहिले पनि जारी छ ।