कोरोना विशेष

थप १ हजार ८३१ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर १ हजार ८३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको ५ हजार ५३५ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २३७ र ३ हजार ६८३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५९४ जना गरी १ हजार ८३१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ५३३ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २० जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार ३८२ पुगेको छ ।