काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध ५ विद्यार्थी संगठनले आन्दोलनको घोषणा गरेका छन्।
आइतबार संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै उनीहरूले मूल्यवृद्धि फिर्ता लिन ७२ घण्टे अल्टिमेटम दिए पनि पूरा नभएकोले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। संगठनले असार २८ गते अर्थात भोली नेपाल आयल निगमका गाडी चल्न नदिने निर्णय भएको उनीहरूको भनाइ छ।
यस्तै असार २९ गते पेट्रोलियम ढुवानी र विक्री गर्ने संगठनहरूलाई पेट्रोल पम्प र ट्याङ्कर सञ्चालन नगर्न अनुरोध गर्ने निर्णय भएको विज्ञप्तिमार्फत् विद्यार्थी संगठनहरूले जानकारी दिएका छन्।
असार ३० मा देशभरका सम्पूर्ण पेट्रोल पम्प र ट्याङ्कर बन्द गर्नेसमेत उनीहरूले घोषणा गरेका छन्।


प्रतिक्रिया