काठमाडौँ – अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।
आज बिहान भएको फाइनलमा आयोजक ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका हुन् । उनले रोड्रिगोको पासमा उत्कृष्ट गोल गरेका थिए । बल पोसेसनमा पकड जमाएको ब्राजिलले भने पाएको अवसरलाई सदुपयोग गर्न सकेन । ब्राजिलको पटक पटकको आक्रमणमा अर्जेन्टिनाका गोलकिपर बाधक बनेका थिए । जसको कारण ब्राजिल उपाधि घरमा राख्न असफल भएको छ ।
खेलकुद
प्रतिक्रिया