काठमाडौँ – अमेरिकाबाट कोभ्याक्स सुविधाअन्तर्गत जोन्सन एन्ड जोन्सनद्वारा उत्पादितखोप नेपालआउने भएको छ । नेपालले चीनसँगखरिद गरेको ४० लाखमात्राखोपमध्ये पहिलो चरणकोखोप शुक्रवार आइपुगेको छ । यता विज्ञले पनिकोरोनाबाट बाच्नको लागि सवै नागरिकलाई खोप नै आवश्यक पर्ने बताउदै आएकाछन् ।
पछिल्लो समय कोरोना भाइरसको नयाँनयाँ भेरियन्ट संक्रामक रुपमा आउने क्रम जारी छ । अहिले डेल्टा भेरियन्टले विश्वभर आतंक मच्चाइ रहेको छ । अमेरिकामा पनि यसका सबैभन्दा बढी संक्रमित फेला परेका छन् । संक्रमणबाट बच्न र कम क्षतिका लागि प्रभावकारी उपाय भनेको खोप नै हो । सरकारले चीन सरकारसँग ४० लाख डोज भेरोसेल खोप खरिदका लागि गोप्य सम्झौता गरिसकेको छ । सम्झौता गरेको खोपमध्ये ८ लाख डोज खोप आइसकेको छ । त्यस्तै केहि दिन पछि अमेरिकाबाट पनि कोभ्याक्स सुविधाअन्तर्गत जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित १५ लाख ३४ हजार ८५० डोज खोप आउने भएको छ । चीन र अमिरिकाबाट आएको खोपले थप ३५ लाख नागरिकलाई लगाउन सकिनेछ । कोभ्याक्स सुविधाअन्तर्गत नेपालले कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने खोप अनुदान सहयोगअन्तर्गत पाउनेछ । यसअघिकोभ्याक्सले तीनलाख ४८ हजार कोभिसिल्ड खोप उपलब्ध गराएको थियो ।खोप आएपछि उमेर समूहतोकेर खोप दिइने स्वास्थ्य सेवाविभागकाप्रमुखझलकगौतमले बताए ।
अहिलेसम्म नेपालमाभारत र चीनबाट ल्याइएकाखोप दुई डोज लगाउनु पर्ने खालका छन्। तर, यो खोप एक डोज मात्रलगाएपुग्ने विज्ञहरु बताउछन् ।खोप लगाएकामानिसहरुमाकोरोना संक्रमण भएपनितीमानिसहरु गम्भीर अवस्थामानपुगेकाआधारमानयाँ भेरियन्टलाई पनिखोप प्रभावकारी रहेको विश्वास गरिएको छ । त्यसैले सकेसम्म सबै समूहकानगारिकले खोप लगाउनु पर्ने विज्ञहरु बताउछन् ।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, सफाइमा संलग्नहरूलाई खोप लगाइएको थियो । यस्तै दोस्रो चरणमा पत्रकार तथा कूटनीतिक नियोगकाकर्मचारी,जेष्ठ नागरिकलगायतलाई खोप लगाइएको थियो । कोरोनाका बढि संक्रामक र घातक नयाँनयाँ भेरियन्ट देखिरहेकोअहिलेको अवस्थामाखोप आउने भएपछि नागरिकमाखोप पाउने आशापलाएको छ । त्यसैले सरकारले प्राथामिकताको आधारमा सबैलाई खोप उपलब्ध गराउनआवश्यक छ ।
प्रतिक्रिया