विदेश

अफगानिस्तानमा सयभन्दा बढी लडाकु मारिए


काठमाडौँ – अफगानिस्तानका दक्षिणी कान्दहार र हेल्मन्द प्रान्तमा भएको घटनामा परी कम्तीमा १०९ तालिबान लडाकुहरु मारिएका छन् । घटनामा परी अन्य २५ जना घाइते समेत भएको अधिकारीहरुले जनाएका छन् । मृत्यु भएका मध्ये ७० जनाको कान्दहर प्रान्तमा मृत्यु भएको हो ।

लडाकुहरुले सुरक्षा कार्यालयमा आक्रमण गरेपछि घटना भएको र जवाफी कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको रक्षा मन्त्रालयले जनाएको छ । यस्तै हेल्मन्द प्रान्तमा भएको घटनामा परी ३९ लडाकुको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन् । अफगानिस्तानमा लामो समयदेखि हिंसात्मक द्वन्द्व भइरहेको छ ।

हिंसात्मक घटनाहरुका कारण अहिलेसम्म हजारौँको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । लामो समयदेखि चलिरहेको हिंसात्मक द्वन्द्व अन्त्यका लागि वार्ता भइरहे पनि अन्त्य हुन भने सकेको छैन ।