राजनीति

निवर्तमान सरकारले १६ करोड भ्रष्टाचार गर्यो : पृथ्वीसुब्बा गुरुङ



काठमाडौँ – नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता एवम् निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारमाथि १६ करोड भ्रष्टाचार गरेको आरोप लगाउनुभएको छ ।

आज पत्रकार सम्मेलनमा नेता गुरुङले कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको नयाँ सरकारले १६ करोडभन्दा बढी रकम रकमान्तर गरी बाँडेर भ्रष्टाचार गरेको आरोप लगाउनुभएको हो ।


उँहाले पोखरेल नेतृत्वको सरकारले १६ करोडभन्दा बढी रकम रकमान्तर गरी जिल्ला सभापतिहरूको सिफारिसमा बाँडेकाले उनीविरुद्ध तत्काल भ्रष्टाचारको मुद्दा चलाउने चेतावनी समेत दिनुभएको छ ।

नेता गुरुङमाथि पोखरेल नेतृत्वको सरकारले ४ अर्बभन्दा बढीको टेण्डर गरेको भनी लगाएको आरोपको खण्डन गर्दै गुरुङले विगतका बर्ष देखिनै सुरु गरिएका योजनाको लागत स्टेटमेन्टमा ढिलाई भएकाले रातो किताबमा उल्लेख नगरी पछि टेन्डर गरिएको प्रष्टिकरण दिनुभएको हो ।

गुरुङले कृष्णचन्द्र नेतृत्वको सरकारले आउनासाथ एकपछि अर्को गलत काम गरिरहेको आरोप समेत लगाउनुभयो ।