समाचार

अमेरिकी सरकारले दिने १५ लाख डोज खोप सोमबार नेपाल ल्याइने



काठमाडौँ – अमेरिकी सरकारले नेपाललाई दिने भनेको कोरोनाविरुद्धको जे एन्ड जे भ्याक्सिन आगामी सोमबार नेपाल ल्याइने भएको छ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले अमेरिकाले अनुदान दिने १५ लाख डोज खोप सोमबार आइपुग्ने जानकारी दिनुभएको हो । अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो।

काठमाडौं स्थित अमेरिकी दूतावासले उक्त खोप अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार भएको जनाएको छ। दूतावासका प्रवक्ता एन्ना रिच एलेनले १५ लाख डोज खोप उपलब्ध गराउनका लागेको बताएकी छिन्।