राजनीति

प्रधानमन्त्री ओली आज सिन्धुपाल्चोक भ्रमणमा जाँदै,पीडितलाई राहत घोषणाको तयारी


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोक भ्रणमा जाने भएका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् ओली सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बुसहित बाढी-पहिरो प्रभावित क्षेत्रको भ्रमणमा जान लागेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षण तथा पीडित परिवारलाई राहत प्याकेज घोषणा गर्न प्रधानमन्त्री ओली बिहान १० बजे सिन्धुपाल्चोक प्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्बाङ, सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङ लगायत पनि सिन्धुपाल्चोक भ्रमणमा जाँदैछन् । तामाङका अनुसार प्रधानमन्त्री ओलीले बाढी-पहिरो प्रभावित मेलम्ची र हेलम्बुका नागरिकसँग अन्तक्रिया कार्यक्रम समेत गर्ने जानकारी दिनुभयो । ‘त्यही कार्यक्रममार्फत् पीडितलाई राहत प्याकेजको पनि घोषणा हुनेछ ।’ प्रधानमन्त्रीले पीडित परिवारलाई अस्थायी बसोबाससहितको राहत प्याकेज घोषणा गर्ने तामाङले जानकारी बताउनुभयो ।

गएको ३१ जेठमा इन्द्रावती नदीमा आएको बाढीपहिरोले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुमा ठूलो जनधनको क्षति गरेको थियो । बाढीमा बेपत्ता २० जनाको अझै अत्तोपत्तो छैन ।