काठमाडौँ – राष्ट्रपति जोभनेल मोइजको हत्यामा विदेशी समूह संलग्न रहेको हाइटी प्रहरीले दाबी गरेको छ । हाइटी प्रहरीका प्रमुखका अनुसार राष्ट्रपतिमाथि आक्रमण गर्नेमा अधिकांश कोलम्बियाका पूर्वसैनिक रहेका छन् ।
आक्रमणकारीको उक्त समूहमा २६ कोलम्बियाली र हाइटियन मूलका २ अमेरिकी थिए । राष्ट्रपति मोइजको हत्यामा संलग्न भएका व्यक्ति र प्रयोग गरिएका अहिलेसम्म २ अमेरिकीसहित १७ जना संदिग्ध आक्रमणकारीलाई पक्राउ गरिएको छ । अझै ८ जना फरार रहेको प्रहरीले जनाएको छ । राष्ट्रपतिको हत्याको योजना कसले बनायो र केबाट प्रेरित थियो भन्नेबारे अहिलेसम्म केही स्पष्ट भएको छैन ।
प्रतिक्रिया