देश

विप्लव नेतृत्व नेता हेमन्तप्रकाशलाई हृदयाघातको लक्षण देखिएपछि अस्पताल भर्ना


काठमाडौँ – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता हेमन्त प्रकाश ओलीलाई हृदयाघातको लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको छ । नख्खु जेलमा रहेका नेता ओलीको महाराजगञ्जस्थित सहिद गंगालाल हृदय रोग केन्द्र बासबारीको इमरजेन्सीमा उपचार भइरहेको छ ।


अहिले उनको स्थितिमा सुधार आएको अस्पताल स्रोतले बतायो । उनको स्वास्थ्यमा केही दिनदेखि समस्या देखिएको थियो । मुटुरोग, सुगर, प्रोस्टेट र कोलस्टोरका दीर्घरोगी ओलीको मुटुमा समस्या भएपछि अस्पताल भर्ना गरिएको नख्खु जेल प्रशासनले जनाएको छ । सरकारले विप्लव नेतृत्वको नेकपाका बन्दी रिहा गर्नेलगायत तीन बुँदे सहमति गरे पनि कार्यान्वयन नहुँदा ओलीसहित दर्जनौं नेताहरु अझै पनि जेलमै छन् ।