काठमाडौँ – पुर्वाञ्चल विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विभिन्न संकायहरुको परीक्षा साउन १० गतेका लागि सारेको छ । विश्वविद्यालयले शुक्रबार सूचना जारी गर्दै परिस्थिति अनुकुल नभएको भन्दै परीक्षा सारिएको जानकारी दिएको हो । विश्वविद्यालयले यसभन्दा अघि असार ३१ गतेदेखि परीक्षा लिने भनेको थियो ।
‘विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कला तथा शिक्षा शास्त्र संकायका विभिन्न सेमेष्टरका परीक्षाहरु मिति २०७८र०३र३१ गते देखि सञ्चालन हुने परीक्षा सञ्चालन गर्न अनुकुल नभएकाले मिति २०७८र०४र१० गतेदेखि सञ्चालन हुने व्यहोरा जानकारीका लागि सूचना प्रकाशित गरिएको छ।’ परीक्षा नियन्त्रक प्रा.डा.सूर्यप्रसाद संग्रौलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया