काठमाडौँ – नेपाल वायुसेवा निगमका कर्मचारीहरूले निगमलाई निजीकरण गर्न तयार गरिएको प्रबन्ध–पत्र जलाएका छन् । शुक्रबार कर्मचारीहरुले निगममा विरोध प्रदर्शन गर्दै प्रस्ताविक कम्पनीको प्रबन्धपत्र जलाएका हुन् ।
निगमका तीनवटा कर्मचारी संगठनले निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरूको आन्दोलन जारी रहेको भन्दै आन्दोलनकै क्रममा प्रबन्धपत्र जलाएको बताएका छन् । उनीहरुले निगम निजीकरण बन्द गर, निगम बेच्न पाइदैन, महाप्रबन्धक राजीनामा देलगायका प्लेकार्ड प्रर्दशन गर्दै नाराबाजी गरेका थिए । कर्मचारीहरुले निगमलाई धरासयी बनाउदै निजीकरण गर्न लागेको भन्दै महाप्रबन्धक डिम प्रकाश पौडेलको राजीनामा समेत माग गरेका छन् ।
त्यस्तै, उनीहरुले निगमलाई निजिकरण गर्न निगमको सम्पतिको कम मूल्याङ्कन गरेको र निगम बेच्ने रणनीति बनाएको आरोप लगााएका छन् । कर्मचारीको निरन्तरको आन्दोलनले निगम परिसर अस्तव्यस्त देखिएको छ ।
प्रतिक्रिया