देश

रिसिबीका कारण खुकुरी प्रहार गरी आफ्नै साथीको हत्या


काठमाडौँ – संखुवासभा खादबारी नगरपालिका १ तिलार नयाँबस्ती का २४ बर्षीय मुकेश तामाङले चिचिला गाउँपालिका २ घर भई हाल सोही स्थान दिदीको घरमा बस्दै आएका २६ बर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।

आज बिहान ९ बजे मृतकको घरदेखी अन्दाजी ५०० मिटर दक्षिण खोल्सीमा उनको शव फेला परेको थियो । शव फेला परेको जानकारी प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटि गई मुकेशलाई नियन्त्रणमा लिईएको थियो ।

पुरानो रिसिईबीको कारण गत राती २ बजे आफ्नो घरमा आएका पेमा शेर्पालाई खुकुरी प्रहार गरी गम्भिर घाईते बनाई छाडेको भन्ने पक्राउ परेका मुकेशको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।रिसिबीका कारण आफ्नै साथीको खुकुरी प्रहारद्वारा हत्या