काठमाडौँ – यही जुलाई २३ देखि जापानमा शुरु हुने टोकियो ओलम्पिकमा दर्शकलाई प्रवेश निषेध गरिएको छ ।
कोरोना महामारीलाई ध्यानमा राख्दै दर्शकलाई प्रवेश निषेध गरिएको हो । जापान सरकारले टोकियोमा संकटकाल लागू गरेपछि ओलम्पिकमा दर्शकलाई निषेध गर्ने निर्णयमा आयोजक पुगेको हो । पछिल्लो समय टोकियोमा कोरोनाको संक्रमण बढ्दै गएको छ । अब ओलम्पिक शुरु हुन दुई साता मात्र बाँकी छ ।
११ हजार खेलाडीले सहभागिता जनाउने ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म जापानमा आयोजना हुँदैछ ।
प्रतिक्रिया