विदेश

अमेरिकी सेनाले ३१ अगस्टसम्ममा अफगानिस्तान छाड्ने


काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता गर्ने नीतिको बचाउ गरेका छन् ।

उनले ३१ अगस्टसम्ममा अफगानिस्तानमा अमेरिकाको सैन्य अभियान समाप्त हुने जानकारी दिएका छन् । उनले अमेरिकी सेना फिर्ता गर्ने नीतिले धेरै अफगानीको ज्यान जोगिने समेत बताएका छन् । ११ सेप्टेम्बर, २००१ मा अलकायदाले अमेरिकामा हमला गरेपछि अमेरिकी सेनाले २० वर्षअघि अफगानिस्तानमा हमला गरेको थियो । अमेरिकी सेना फिर्तासँगै तालिबानको प्रभाव बढेको छ ।