देश

पानी नपरेपछि रोपाईमा समस्या


काठमाडौँ – यो वर्ष मनसुन सुरु भएसंगै लगातारको वर्षाले देशका कतिपय ठाउँमा विनाशकारी बाढी आएको छ । सिन्धुपाल्चोकमा त ठूलो मात्रामा घरखेत नै बगायो । कतिपय ठाउँमा अझै पानी पानी रोकिएको छैन् । अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । तर, बाँके र बर्दियामा भने असारको १५ गतेदेखि पानी नपर्दा किसानहरुले धान रोपाई रोक्नुपरेको छ । हालसम्म बाँकेमा ६० प्रतिशत खेतमा मात्र धान रोेपाई भइसकेको छ भने अझै ४० प्रतिशतमा रोपाईँ गर्न बाँकी छ ।

त्यस्तै बर्दियाका २० प्रतिशत खेतहरुमा पानीका कारण धान रोपाई नहुदाँ किसानहरु चिन्तामा परेका छन् । एकातिर धान रोपाई गर्न सकेका छैनन् भने अर्को तिर रोपाई गरेका धानहरु पनि पानी नपाएर सुक्न थालेको किसानहरु बताउछन् ।

नहरको शाखा भए पनि खेतमा पानी लैजाने नाला नभएका कारणले नहरमा पानी हुँदाहुदै पनि धान रोपाई गर्न नसकेको किसानहरुको दुखेसो छ । मनसुन छिट्टै शुरु हुन लागेकोले धान रोपाई पनि छिटो नै गर्ने सोच बनाएको किसानहरुको भनाई छ । समयमा धान रोपाई गर्न नसक्दा उत्पादन पनि कम हुने पिरलो किसानहरुमा छ । सरकारले कृषिमा अर्बौको लगानी गरेको भएपनि खेतमा अझ पनि पानी पुग्न नसकेको किसानहरु बताउँछन् ।

एक साता देखि पानी नपर्दा खेत सुख्खा बनेका छन् भने धान रोपाई हुन सकेको छैन । रोपिसकिएका धान पनि पानीको अभावका कारण सुक्न थालेका छन् । किसानलाई रोपाई ढिलो हुँदा उत्पादन घट्ने चिन्ता पनि छ ।