राजनीति

एमाले एकता नजिक, मिल्नै पर्ने दबाबमा ओली–माधव


काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाई सकिएर फैसलाको तयारीमा सर्वाेच्च अदालत रहेका बेला एमालेभित्र पनि नेताहरु सहमति नजिक पुगेका छन् । फैसला अघि नै सहमतिमा पुग्न सके दुबै पक्ष नाफामा जाने बुझेका नेताहरुमिल्नै पर्ने दबाबमा छन् । तर अझै ओली–नेपालको मन भने माँझिएको छैन ।

सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला भए विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवा प्रधानमन्त्री हुने या प्रधानमन्त्री केपी शर्मा ओलीकै सरकारले निरन्तरता पाउने सम्भावनाका बीच एमाले वरिष्ठ नेता माधवकुमार नेपाल उभिएका छन् ।सर्वाेच्चको फैसलापछि माधव नेपाल पक्ष अहिले उभिएको विपक्षी गठबन्धनमै क्रियाशिल भए देउवालाई बहुमत पु¥याउन सहज हुनेछ । एमालेभित्रको आन्तरिक किचलो समाधान भएर माधव पक्षले ओलीलाई साथ दिने अवस्था बन्यो भने प्रधानमन्त्रीमा ओलीले नै निरन्तरता पाउने सम्भावना बलियो छ । यसकै लागि एमालेभित्रका दोस्रो तहका नेताहरुको सक्रियतामा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको तिक्तता दुर गनमा केन्द्रीत छ ।

अनेक चालबाजी र आनाकानीका बीच बुधबार अध्यक्ष ओली र नेता नेपालबीच होटल मेरियटमा वार्ता भयो, तर सहमति निस्किएन ।शक्ति बाँडफाँडकै विषयलाई केन्द्रमा राखेर ओली–नेपालबीच भएको वार्तामा ओलीले नेपालसंग सरकारको निरन्तरताबारे ठोस प्रतिवद्धता खोजे भने नेपालले सबै संरचनामा शक्ति सन्तुलन मिलाउनु पर्ने माग अघि सारे । जुन विषयमाविहिबारको कार्यदल बैठकमार्फत समाधानको प्रयास थलिएको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाई सकिएर सर्वाेच्चफैसलाको अन्तिम तयारीमा जुटिरहेका बेला एमालेका दुबै पक्षमिल्नै पर्ने दबाबमा छन् । अध्यक्ष ओलीलाईफैसलापछि उत्पन्न हुने जस्तोसुकै परिस्थितिमा पनि आफ्नो सरकारको निरन्तरताका लागि नेपालको साथ अपरिहार्य बनेको छ । नेपाललाई पनि फैसला अघि नै ओलीसंग बाग्रेनिङ र सहमति गरेर अघि बढ्नुपर्ने बाध्यता छ । किनकि फैसला अघि नै विवाद समाधान नभए ओलीले त्यसपछिको अवस्थामा सहमतिको प्रयास गर्ने देखिदैन । यसका लागि नेपालले पार्टीभित्र सम्मानजनक भूमिका र प्याकेजमा सहमति हुनेपर्ने बताउँदै आएका छन् । पावरसेयरिङका लागि विगतमा भन्दै आएको एक व्यक्ति एक पद अन्र्तगत कार्यकारी अध्यक्ष बनाएर ओली अघि बढ्न तयार भए आफुलाई सहज हुने नेपालको मनसाय देखिन्छ । जसमा ओली पक्ष समेत सहमत हुने देखिएको छ ।

यसअघि ओली–नेपालले बैशाख ८ र ९ मा मेरियट होटलमै एक्लाएक्लै वार्ता गरेका थिए । तर दुबै नेता आफ्नो अडानबाट पछि हट्न नचाहेपछि सहमतिको प्रयास तुहिएको थियो । त्यसयता एकअर्काको अनुहार पनि हेर्न नचाहेका ओली–नेपाल साढे दुई महिनापछि वार्तामा बसेका हुन् ।जसले ठोस प्रतिफल दिने आशा कार्यकर्ता पंक्तिमा बढेको छ ।