काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले एकै पुस्तामा विद्धान तयार गर्न नसकिने बताउनुभएको छ । विहीबार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुर्वजहरुले कयौ परम्परागत ज्ञान दिएर छोडेकाले त्यसलाई अनुसरण गर्दै अघि बढ्न सकेमात्रै विषय विज्ञता हासिल गर्न सकिने बताउनुभयो ।
मानविय श्रेष्ठताको सबै भन्दा ठूलो कुरा पुर्खाको ज्ञानलाई स्वीकार गर्दै नया आविश्कार गर्दे जानुपर्नेमा उहाँले जोड दिनुभयो । प्रधानमन्त्री ओलीले वेदको रचना सबै भन्दा पहिले भएको भन्दै नेपालीले आफ्नौ गौरवपुर्ण इतिहासलाई संरक्षण सम्बद्र्धन गर्दे नया आविश्कारमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले कार्यक्रममा पुराना ज्ञानहरु अत्यन्तै प्रभावकारी भएको भन्दै पानीसराको औषधी कालो तिल भएको भन्दै लगाउने तरिका पनि सुझाउनुभयो । कार्यक्रममा विज्ञान तथा प्रविधिका क्षेत्रमा योगदान पुराएका विभिन्न व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया