कोरोना विशेष

थप १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि, २९ जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर १ हजार ८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको ५ हजार ३७४ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २१८ र ५ हजार १३० जनामा गरिएको एन्टिजेन परीक्षणमा ६५७ जना गरी १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २८६ रहेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप २९ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाले ज्यान गुमाउनेको कुल संख्या ९ हजार ३२० पुगेको छ ।