देश

केक मार्टबाट उत्पादित केक ग्राहकको मुख्य रोजाइमा


काठमाडौँ – जन्मदिन होस् या वैवाहिक वार्षिकोत्सव नै किन नहोस विशेष अवसरमा नेपाली शहरी समाजमा केक अनिवार्य जस्तै हुन थालेको छ । केक नभए कुनै पनि सुभ कार्य फिक्का लाग्ने भै सकेको छ । केक विना कसैको जन्मदिन वा एनिभर्सरी वा अरु कुनै उत्सव पूर्ण हुदैन भन्ने जमात बढिरहेका छन । यसैलाई मध्यनजर गर्दै २०७६ सालमा काठमाडौको बालुवाटारमा केक मार्टको स्थापना भएको हो ।

केक मार्टले जनताको चहाना अनुरुपमा उच्च गुणस्तरका केक सर्वसुलभ मुल्यमा विक्री वितरण गराउदै आएको छ ।
हाल उपत्यका केन्द्रित भएर केकका विभिन्न भेराइटी उत्पादन गर्दै आएको मार्टले बुटबल, पोखरा, विराटनगर लगायत देशका मुख्य—मुख्य सहरमा केक उत्पादन गरि बिक्री वितरण गर्ने योजना बनाएको छ ।

ग्राहकले निकै रुचाएको केक मार्ट बाट उत्पादन भएका स्वादिष्ठ केक हरु बनाउन दक्षजनशक्तीको परिचालन गरिएको छ । गुणस्तरयुक्त कच्चा पदार्थको प्रयोगले पनि केक मार्ट बाट उत्पादन भएका केक हरु ग्राहकले मन पराएका छन् ।
ग्राहकको रुचिकै कारण केक मार्टको बजार पनि तिब्र गतिमा विस्तार भएको छ । यस उद्योगको फेन्चाईज (केममार्टको लोगो) लाई अन्य कम्पनिले पनि रुचाएको तर आफ्नो उत्पादनको गुणस्तरलाई कायम राख्न हाल अन्य उद्योगलाई नदिने नीति कम्पनीले लिएको छ ।