काठमाडौँ – नेपाल फुटसल व्यवसायी संघले बन्द रहेको फुटसल संचालनका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।
कोरोनाको दोस्रो लहर आएसँगै बन्द रहेको फुटसल अविलम्ब संचालनका लागि संघले प्रशासनमा ज्ञापनपत्र बुझाएको हो । संघले बुझाएको ज्ञापनपत्रमा लामो समय बन्द रहेको कारण फुटसललाई आर्थिक भार परेको भन्दै फुटसल संचालनको लागि अनुमति दिन माग गरिएको छ । सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायात लगायत भिड–भाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरेपनि समूहमा खेलिने खेल र गतिविधिमा प्रतिबन्ध नै लगाएको छ ।
प्रतिक्रिया