बिजनेस

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै आयल निगम घेराउ


काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीले राजधानीमा विरोध प्रदर्शन गरेको छ । बबरमहलस्थित नेपाल आयल निगमको कार्यालय बाहिर अखिल क्रान्तिकारी मूल्यवृद्धि फिर्ता हुनुपर्ने माग सहित प्रदर्शन गरेको हो ।

पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ । असार २२ गते निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको हो । आन्तरिक तर्फको हवाइ उडानमा पनि निगमले दुई रुपैयाँले बृद्धि गरेको थियो ।