राजनीति

कार्यदल बैठकअघि पौडेल र रावल छलफलमा


काठमाडौँ – नेकपा (एमाले) का नेताद्वय विष्णुप्रसाद पौडेल र भीम रावल छलफलमा जुटेका छन् ।

आज बिहान करिब ९ बजेदेखि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा उनीहरुबीच भेटवार्ता जारी रहेको स्रोतले जानकारी दियो । एमाले कार्यदलको बैठकअघि नेताद्वय छलफलमा जुटेका हुन् । कार्यदलको बैठक ११ बजे बस्दै छ ।

एमालेको विवाद समाधान गर्न दोस्रो तहका नेताहरु सक्रिय बनेका हुन् । यसअघि, बुधबार राति अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच वार्ता भएको थियो ।