राजनीति

एमाले कार्यदल बैठक आज पनि बस्दै


काठमाडौँ – नेकपा एमाले कार्यदलको बैठक आज पनि बस्दैछ । यसअघि भएका बैठकमा छलफल हुन बाँकी विषयमा आजको बैठक केन्द्रित हुने कार्यदल एक सदस्य जानकारी दिनुभयो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो ‘वान टु वान’ वार्ता भएको थियो । “उहाँहरूको कुराकानी सकारात्मक छ । सकारात्मक ढंगले उठेर हिँड्नु भएको छ । बाँकी कुरा कार्यदल बैठकमा हुन्छ,” ।

बुधबार साँझ ओली र नेपालबीच मेरियट होटेलमा दोस्रो तहका नेताहरूसहित भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा पार्टी एकतालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको नेता भीम रावलले जानकारी दिनुभयो ।

“दुई शीर्ष नेताबीच कुराकानी भयो । समग्रतामा पार्टी एकतालाई कसरी अघि बढाउने, हामीले गर्दै आएका कुरालाई सकारात्मक परिणाममा कसरी पुर्याउने भन्ने सिलसिलामा कुराकानी भएको पाएका छौं,” ।