राजनीति

किन जन्मदिन मनाउन छोडे पूर्वराजा ज्ञानेन्द्र शाहले ?, ७५ औं जन्मदिन यस अर्थमा विशेष


काठमाडौँ – आज असार २३ अर्थात पूर्वराजा ज्ञानेन्द्र शाहको आज जन्मदिन । परिस्थीतिबस पछिल्ला केही वर्ष उनले भव्यरुपमा जन्मदिन मनाएका छैनन् भने देशलाई दुखेको बेला आफू रमाउन नसक्ने उनको भनाई छ । यद्यपी विभिन्न माध्यमबाट नागरिकहरुले उनलाई शुभकामना प्रदान गरिररहेका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको आज ७५ औं जन्मदिन । करिव ५ वर्ष भयो उनले आफ्नो जन्मोत्सवलाई खासै महत्व दिएका छैनन् । कहिले भुकम्प, कहिले बाढि पहिरो त कहिले कोरोना महामारी । यसता विभिन्न कारणबाट देश संकटमा परिरहेको अवस्था मध्यनजर गर्दै जन्म उत्सवलाई खासै भव्य नबनाउने उनको चाहना देखिन्छ । यस वर्ष पनि राजनीतिले निराशा पैदा गरेको तथा कोरोना महामारी र प्राकृति विपदका कारण जनताले दुःख पाइरहेको भन्दै उनले यस वर्ष जन्मदिनलाई उत्सवको रुपमा नमाउने घोषणा यसअघि नै गरेका थिए ।

जन्मदिनको अवसरमा विज्ञप्ती जारी गर्दै राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रबन्ध र व्यवस्थापन संक्रमण, संकट र अन्योलको अवस्थामा देखा परेको छ । परिवर्तन र अग्रगमनका चर्का नारा घन्काएर जति नै रूपान्तरण गरे पनि जनताले ठोस सुख सुविधा नपाइरहेको बताएका छन् । शाहको विशेष अवसरमा आउने विज्ञप्तीहरुबाट उनी संधए राज्य, राजनीति र जनताप्रति चिन्तीत नै रहेको प्रतित हुन्छ ।

७५ वर्षको उमेरमा पनि ज्ञानेन्द्र शाह निक्कै स्वस्थ र हट्टाकट्टा देखिन्छन् । यो वर्ष उनी र उनकी पत्नी कोमल शाहलाई कोरोनाले शिथिल बनायो । यद्यपी उनी अहिले कोरोनालाई जितेर तंग्रिसकेका छन् । कतिपय मानिसहरु अहिलेको विवशता देखेर बरु राजसस्था नै ठिक भन्नेहरु पनि भेटिन्छन् ।

राजनीति लिगबाट च्युत भएको अवस्थामा राजसस्थाको माग गर्दै बेलाबेलामा उनीप्रति भरोसा राख्नेहरु सडकमा निस्कने गर्दछन् । राजा भए लगत्तै वि.सं. २०६१ माघ १९ गते प्रत्यक्ष शासन हातमा लिएपछि नेपालका प्रमुख राजनीतिक दलहरुले उनीविरुद्ध २०६२/०६३ जनआन्दोलन गरेका थिए । सोही जनआन्दोलनको बलमा पुनःस्थापित संसदले देशमा गणतन्त्र घोषणा गरेपछि ज्ञानेन्द्र शाह नारायणहिटी दरबार छाड्न बाध्य भएका थिए ।

अहिले् उनी आफ्नै नीजि निर्मल निवास, सरकारीले उपलब्ध गराएको नागार्जुन दरवार त कहिले तराई क्षेत्रहरुमा समय व्यवतित गर्ने गर्दछन् । ज्ञानेन्द्र शाह २००४ साल असार २३ गते जन्मिएका थिए । उनी राजा महेन्द्रका माहिला छोरा हुन् । वि.सं. २०५८ जेठ १९ गते नारायणहिटी दरवार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्रको वंश नास भएपछि वीरेन्द्रका भाइ ज्ञानेन्द्र राजा बनेका थिए ।