काठमाडौँ – नेकपा एमालेको विवादलाई टुंगोमा पुर्याउन जुटेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आजै संयुक्त वक्तव्य निकाल्ने भएका छन्। नक्सालस्थित होटल मेरियटमा वार्तामा जुटेका दुई नेताबीचको हस्ताक्षरसहितको संयुक्त वक्तव्य आजै आउने भएको हो।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यसमेत रहेका नेता खिमलाल भट्टराईले दुई नेताको हस्ताक्षरमा आजै सहमतिको संयुक्त वक्तव्य निकाल्ने तयारी भएको जानकारी दिएका छन्।
“आजै दुई नेताको हस्ताक्षरसहितको संयुक्त वक्तव्य निकाल्ने तयारी भएको छ”, उनले भने, “त्यसकै लागि उहाँहरु वार्ताका लागि जुट्नु भएको हो।”
संयुक्त वक्तव्य निकालिने भएपछि अहिले एमालेका नेताहरु धमाधम होटल मेरियट पुग्दैछन्। वार्तापछि संयुक्त वक्तव्य जारी हुने भएपछि नेताहरु विष्णु पौडेल, खिमलाल भट्टराई र सुरेन्द्र पाण्डे अहिले मेरियट पुगिसकेका छन्।
प्रतिक्रिया