राजनीति

बाबुराम भट्टराई भन्छन्, पूर्व जाने र पश्चिम जानेहरु एकै ठाउँमा बसेर कतै पुगिन्न


काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व जाने र पश्चिम जानेहरू एकै ठाउँमा बसेर कतै पनि नपुगिने बताउनुभएको छ । बुधबार सामाजिक सञ्जालमा स्टाटस राख्दै भट्टराईले पछिल्लो समय जसपा र सत्तारुढ दल नेकपा एमालेमा देखिएका आन्तरिक विभाजन र पार्टी एकताको विषयप्रति संकेत गर्दै गन्तव्य एकै नभएकाहरु छुट्टिँदा नै राम्रो हुने बताउनुभएको हो ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत पूर्व जाने र पश्चिम जानेहरु एकै ठाउँमा बसेर कतै पनि नपुगिने भन्दै आआफ्नो बाटो लाग्नुपर्ने बताउनुभएको हो । पार्टीको एकता र फुटको कुनै फर्मुला नहुने भन्दै डा. भट्टराईले सामान्य मान्छे एकताबाट खुशी र फुट्दा दुखी हुने गरेको बताउनुभयो ।