राजनीति

एमाले कार्यदको बैठक सकारात्मक र निष्कर्ष उन्मुख भएको दुवै पक्षको भनाइ


काठमाडौँ – नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल सदस्यहरुले पार्टी भित्रको विवाद समाधान हुने दिशामा अघि बढेको बताएका छन् ।


आज अर्थमन्त्रालयमा बसेको एमाले कार्यदलको बैठक पछि पार्टी भित्रको विवाद समाधान हुनेतर्फ अगाडी बढेको नेताहरुले बताएका हुन् । बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ कार्यदल सदस्य सुवाशचन्द्र नेम्वाङले छलफल सकारात्मक रुपले अगाडी बढेको प्रतिक्रिया दिनुभयो । उहाँले पार्टी एकताका लागि विभिन्न तहमा भएका प्रयासहरुलाई ध्यान राख्दै पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि परामर्श गर्दै कार्यदल टुंगोमा पुग्न लागेको बताउनुभयो ।

गत सोमबारदेखि एमालेको कार्यदल सक्रिय छ । आजको बैठकमा धेरै कुरामा सहमति नजिक पुगेको भन्दै भोलीको बैठकले अन्तिम निष्कर्ष दिने नेताहरुले दाबी गरेका छन् ।