राजनीति

राष्ट्रियसभामा कस्मेटिक राजनीति नगरौँ : खिमलाल भट्टराई


काठमाडौँ – नेकपा एमालेका राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राष्ट्रियसभामा कस्मेटिक राजनीति नगर्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको बुधबार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले सरकारको कामको विरोध वा समर्थनमा अभिव्यक्ति दिन सकिने तर कस्मेटिक राजनीति नगर्न सबैको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रियसभामा कस्मेटिक राजनीति नगरौँ मेरो यो अनुरोध छ ।’ वर्तमान सरकार संविधान कार्यान्वयनमा सफल रहेको भन्दै उहाँले सरकारका कामकारबाहीको बचाउ गर्नुभयो । उहाँले कानुन बनाउन नसक्ने र सरकारलाई काम गर्न नदिने प्रतिनिधिसभा विघटन हुनु लोकतान्त्रिक र संवैधानिक भएको जिकिर गर्नुभयो ।

उहाँले के जनताको बीच जाने कुरा अलोकतान्त्रिक हो भन्दै प्रश्न गर्नुभयो । उहाँले सरकार बनाईदिनुपर्‍यो भनेर अदालतमा मुद्दा हालिएको भन्दै अदालतले सरकार बनाउन नसक्ने दाबी गर्नुभयो ।