राजनीति

फेरी सर्यो प्रदेश २ सभाको बैठक


काठमाडौँ – प्रदेश २ सभाको बैठक पुनः सारिएको छ । आजका लागि बोलाइएको प्रदेश सभाको बैठक असार २५ गतेका लागि सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

गत असार १ गते प्रस्तुत भएको आर्थिक बर्ष २०७८÷७९ को बजेटमा प्रदेश सभा बैठक बस्न नसक्दा छलफल शुरु हुन सकेको छैन । बजेट प्रस्तुत भएकै दिन बसेको दोस्रो बैठक नेकपा एमाले र माओवादी केन्द्रका सासदले अवरुद्ध गरेका थिए । उनीहरुले संसदीय विकास क्षेत्रको बजेट बढाउनुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दा असार १५ गतेका लागि बैठक तय गरिएको थियो । तर, कुरा नमिल्दा १५ गतेको बैठकलाई आजका लागि सारिएको थियो ।

चालु आर्थिक बर्षको बजेट खर्च गर्ने अन्तिम समय रहेकाले सबै सांसद आफ्ना योजनालाई हेर्ने र कार्यालयमा पनि चाप रहने भएकाले बैठक सारिएको प्रदेश सभाले जनाएको छ ।