राजनीति

ओलीको नेतृत्व गुमाउने गरेर एकता हुँदैन : प्रदीप ज्ञवाली


काठमाडौँ – एमाले प्रवक्ता एवं कार्यदल सदस्य प्रदीप ज्ञवालीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको नेतृत्व गुमाउने गरेर एकता नहुने बताउनुभएको छ ।

योहो टेलिभिजनको कार्यक्रम सत्य संवादमा ज्ञवालीले एमाले कार्यदलको अन्तिम निचोड जे भए पनि बिहीबार साँझसम्म आउने उहाँले बताउनुभयो ।

कार्यदलमा विषयकेन्द्रित छलफल जारी रहेको उहाँले बताउनुभयो । ज्ञवालीसँगको संवाद आज बेलुका ९ बजे योहो टेलिभिजनमा प्रसारण हुनेछ ।