काठमाडौँ – नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । चालू आर्थिक वर्षका लागि अन्तिमपटक पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र ग्यासमा मूल्यवृद्धि गरिएको निगमले जनाएको छ । निगमको यो निर्णयले बजारमा महँगी बढ्ने सरोकारवालाले बताएका छन् ।
आजबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा दुई–दुई रुपैयाँ प्रतिलिटर, अन्तर्राष्ट्रिय वायु सेवाले प्रयोग गर्ने हवाई इन्धनमा १९ डलर प्रतिकिलोलिटर र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्यवृद्धि भएको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय २९, डिजेल र मट्टीतेल एक सय १२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
आन्तरिक हवाई इन्धन ८४ रुपैयाँ प्रतिलिटर र बाह्य हवाई इन्धन सात सय ५४ डलर प्रतिकिलोलिटर पुगेको छ । खाना पकाउने ग्यास प्रतिसिलिन्डर एक हजार चार सय २५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया