काठमाडौँ – कोभिड १९ विरुद्धको खोप अभियान अस्तव्यस्त देखिएको छ । सरकारले जेठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई आज दोश्रो डोज लगाउन सुचना जारी गरेअनुरुप खोप केन्द्रमा लाइन बस्न पुगेका कयौं वृद्धवृद्धाहरुले खोप लगाउन नपाइ फर्कनु पर्यो । खोप लगाउने विषयमा सरकारले खेलवाड गरेको भन्दै वृद्धवृद्धाहरुले आक्रोश पोखेका छन् ।
उपत्यकाका निजामति अस्पताल, प्रसुती गृह, वीर अस्पताल,टेकु लगायत १३ स्थानमा काठमाण्डौ महानगरपालिकाकाले खोप केन्द्र तोकेको थियो । खोप लगाउन बिहानै देखि लाइन बस्न पुगेका वृद्धवृद्धाहरु दिउँसो सम्म खोप लगाउन नपाएपछि सरकारको व्यस्थापन देखि आक्रोशित बने । उनीहरुले सरकारले सही सुचना नदिएका कारण आफुहरुले दुख पाएको भन्दै ज्येष्ठ नागरिकलाई सम्मान गर्न र सही सुचना प्रवाह गर्न ध्यानाकर्षण पनि गराए । खोप केन्द्रमा बिहान ६ बजे देखि लाइन बसेर २ बजे सम्मपनि खोप लगाउन नपाएकाहरु सरकारप्रति आक्रोश पोखेका छन् ।
बिहानदेखि लाइन बसे पनि खोप केन्द्रले दिउँसो मंगलबार जम्मा ५ सय मात्रै खोप लगाउने सुचना निकालेपछि सर्वसाधारण निराश बनेका थिए । सरकारलाई बोलेर नभई काम गरेर देखाउन र जनतामा भ्रम छर्ने काम बन्द गर्न उनीहरुले चुनौती दिए । घण्टौ लाइन बसेर खोप लगाउन नपाएकाहरु जनतालाई तड्पाई तड्पाई मार्न खोजेको आरोप समेत लगाए ।
सरकारले स्थानीय सरकार मार्फत जेष्ठ २५ गते भेरोसेलको पहिलो डोज लगाएकालाई मंगलबार दोश्रो डोज लगाउन सुचना निकालेको थियो । काठमाण्डौ महानगरभित्र १३ स्थानमा खोप केन्द्र तोकिएको छ भने अन्य नगरपालिकामा प्रत्येकमा २ खोप केन्द्र तोकिएको छ । महागरभित्रका खोप केन्द्र व्यवस्थित हुन नसक्दा वृद्धवृद्धाले दुख पाएका छन् भने संक्रमणको जोखिम पनि बढाएको छ ।
प्रतिक्रिया