राजनीति

कार्यदलको बैठकमा लामो छलफल भयो, खासै त्यस्तो सहमति भएको छैन : गोकर्ण विष्ट


काठमाडौँ – अर्थमन्त्रालयमा बसेको नेकपा एमाले कार्यदलको बैठक सकिएको छ । कार्यदलमा नेपाल पक्षका सदस्य गोकर्ण विष्टले मंगलबारको बैठकमा लामो छलफल भए पनि ठोस सहमति हुन नसकेको बताउनुभएको छ । बैठकबाट बाहिरिँदै उहाँले दुई पक्षबीच लामो छलफल भएको जानकारी दिनुभयो ।

तपाईंहरुबीच ठोस सहमति भयो त ? भन्ने सञ्चारकर्मीको प्रश्नमा, उहाँले खास त्यस्तो सहमति नभएको र तर सकारात्मक रुपमा लामो छलफल भएको बताउनुभयो । त्यस्तै बैठकपछि बाहिरिँदै नेपाल पक्षका नेता एवम् स्थायी कमिटी सदस्य रघुजी पन्तले कार्यदल फर्किएपछि आज भएको दोस्रो बैठकमा असहमतिका बुँदामा बुँदागत रुपमा छलफल भएको बताउनुभयो ।